Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

क्होइवो र सामुदायिक भवन बनाउने योजनाका साथ प्ये ल्हु संघ युकेले किन्यो नयाँ घर

क्होइवो र सामुदायिक भवन बनाउने योजनाका साथ प्ये ल्हु संघ युकेले किन्यो नयाँ घर

इच्छाकामना न्युज

२३, मंसिर २०८१
क्होइवो र सामुदायिक भवन बनाउने योजनाका साथ प्ये ल्हु संघ युकेले किन्यो नयाँ घर

लन्डन। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमू प्ये ल्हु संघ युकेले बेलायतमा नयाँ घर किनेको गरेको छ । संघले शुक्रबार नयाँ घरको चाबी बुझेको छ । 

images

नयाँ घरको चाबी बुझ्दै लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाले नयाँ घर किन्न सफल भएको तमू प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. (रि) डेमबहादुर गुरुङले जानकारी दिनुभएको छ । 

घर किन्न सफल भएकोमा खुशी व्यक्त गर्दै यस कार्यबाट आफुलाई सुकून मिलेको महसुस भएको उहाँले बताउनुभयो । ‘सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ। शुभचिन्तकहरुले दिनुभएको साथ सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न भएको हो। यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ उहाँको भनाई छ।

469503602_8879173695483423_1218580884693064230_n.jpg

चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु तमू, सचिव भेग च्हाक्ली, कोषाध्यक्ष याम प्हच्यु, तृतिय उपाध्यक्ष डमर टु क्ल्हेप्री, सुवाससिंह लेम्, आमा समूह अध्यक्ष बबिता पहच्यु गुरुड्ग र पिताम्बर ल्होँ तमु लगायतको उपस्थिति रहेको थियो। खरिद गरीएको भवन, जग्गा र प्रसासनिक खर्च समेत गरी अनुमानित मुल्य ९ लाख पाउण्ड रहने सचिव भेग च्हाक्ली गुरुङले बताउनु भएको छ।

कार्यक्रममा उपस्थित भएर हौसला र सहानुभूति प्रकट गर्ने सबैलाई अध्यक्ष  क्या. (रि) डेम बहादुर तमूले धन्यवाद दिनु भएको छ भने छिट्टै तमू परम्परा अनुसार घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत उहाँले बताउनु भयो। 

पहिले स्थानीयस्तरमा विद्यालय सञ्चालनमा रहेको भवन तमु प्हे ल्हु संघले किनेको हो। भवन दुई तले रहेको छ। जहाँ ३ सय भन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान,बगैंचा र बाहिर तथा भित्र कारपार्क लगायत सुविधा रहेको तमू प्ये ल्हु संघले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - ०८:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology