Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङ कारागारमा कैदी–थुनुवाबीच झडप, ३ जना घाइते

लमजुङ कारागारमा कैदी–थुनुवाबीच झडप, ३ जना घाइते

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
लमजुङ कारागारमा कैदी–थुनुवाबीच झडप, ३ जना घाइते
images

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ । प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको हो ।

चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लगिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ ।

यस्तै, चौकीदार खुसीराम मग्रातीलाई पनि नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको डीएसपी श्रीवास्तवले बताए । झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन् । उनीहरुको हातहरुमा सामान्य चोट लागेको र कारागारभित्रै उपचार गरिएको डीएसपी श्रीवास्तवले बताए ।

प्रहरीका अनुसार कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको बुझिएको छ । थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले कैदी–थुनुवाको दुईपक्षबीच चौकीदारको कामकारबाहीलाई लिएर झगडा भएको बुझिएको बताए । कैदी–थुनुवाबीच झगडा भएपछि कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मौजुदा सुरक्षाकर्मीबाहेक २५ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

ITPF
Sunrise bank

कूल ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय २० जना कैदी–थुनुवा छन् । यसमा कैदी पुरुष ५२ र महिला ३ गरी ५५ जना छन् । पुरुष ६४ र महिला १ गरी ६५ जना थुनुवा छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:२०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology