Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बारपाककी सुचिना हत्या प्रकरण : आठ दिन बितिसक्दा पनि दोषी पत्ता लागेन

बारपाककी सुचिना हत्या प्रकरण : आठ दिन बितिसक्दा पनि दोषी पत्ता लागेन

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
बारपाककी सुचिना हत्या प्रकरण : आठ दिन बितिसक्दा पनि दोषी पत्ता लागेन
images

गोरखा : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार मात्र गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो । हत्या भएको आठ दिन बित्यो, यो अवधिसम्म घटनाको रहस्य खुल्न सकेको छैन । अझै पनि दोषी पत्ता नलागेको भन्दै सुचिनाको माइती गाउँ काशिगाउँको वडा कार्यालयले विज्ञप्ति निकाली बिरोध जनाएको छ ।

धार्चे गाउँपालिका ६ को वडा कार्यालयले विज्ञप्ति जारी गरी अपराधी छिटोभन्दा छिटो पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । निमित्त वडाअध्यक्ष रवीन्द्र घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस घटनाले व्यक्तिलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरिएकाले यथासीघ्र खोज अनुसन्धान गर्न आग्रह गरिएको छ ।

‘यस प्रक्रियामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बारपाक सुलिकोट गाउँपालिका कार्यालय, वडा नं. १ र २ को कार्यालय, बारपाक प्रहरी चौकी, स्थानीय समाजसेवी, वुद्धिजीवि, शिक्षाप्रेमी, राजनीतिकर्मीहरुले पनि सघाउनुपर्छ’, सो विज्ञप्तिमा भनिएको छ । प्रहरीले भने डिएसपी इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा खटिएको अपराध अनुसन्धान टोलीले अनुसन्धान, खोजतलास गरिरहेको जनाएको छ । टोलीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जौबारी र प्रहरी चौकी बारपाकका टोली खटिइरहेका छन् ।

अपराध अनुसन्धानलाई अझै प्रभावकारी बनाउन शनिबार प्रदेश प्रहरी कार्यालय पोखराबाट थप टोली बारपाक पुगेको छ । ‘रातदिन खटिएर अनुसन्धान भइरहेको छ तर अपराध अनुसन्धान भन्ने कुरा यस्तो हुन्छ कि, नतिजा नआउञ्जेलसम्म प्रगति सुन्य प्रतिशत देखिन्छ । नतिजा आएपछि एकैचोटीसतप्रतिशत प्रगति देखिन्छ’, जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक भन्छन्, ‘तीनजनालाई सोधपुछका लागि जिल्लामा ल्याएका छौँ । ढिलोचाँडोे हो, अपराधी पत्ता लाग्छ ।’

शवको पोस्टमार्टम भइसके पनि रिपोर्ट अझै नआइपुगेको प्रहरीले जनाएको छ । ‘रिपोर्ट आउन अझै केही दिन लाग्छ । शव टिचिङ हस्पिटलमै छ’, उनले भने, ‘मृतकका श्रीमानले दिएको कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भएको छ । अनुसन्धान अगाडि बढिरहेको छ ।’ प्रहरीले हरेक घरधुरीका बासिन्दालाई चौकीमा हाजिर गराएर सोधपुछ गरिरहेको छ ।

केहीलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा पठाएको पनि छ । प्रहरीको अनुसन्धान प्रक्रियामा सघाउन स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाक्लव, आमा समूहरु स्वतस्फूर्त रुपमा लागिरहेको वडा नं. १ का अध्यक्ष धनबहादुर घलेले जानकारी दिए । ‘हामीले टोलटोलमा समूह बनाएर घटनाको अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘कटुवाल लगाएर कसैलाई पनि घर नछोड्न उर्दी गरेका छौँ ।’

घटनास्थलमा हातले बुनेको उनीको टोपी, अर्को ह्याट र डोको भेटिएको छ । सो टोप, टोपी, डोको कसको हो भनेर खोजी भइरहेको वडा नं. २ का अध्यक्ष पूर्णबहादुर गुरुङ बताउँछन् । ‘घटना भएको दिन गत शनिबार त्यो वनमा को को गोठालो गएका थिए, कोको घाँस काट्न गएका थिए, अरु पनि को को कुन कुन ठाउँमा थिए भन्ने कुरा पनि अनि त्यसपछि कसैले गाउँ छाडेको छ कि छैन भन्ने कुरा हामी गाउँलेले मसिनो गरी अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘अपराधी भाग्न पाएको छैन । ढिलो चाँडो हो पक्कै समातिन्छ ।’

मंसीर १५ गते शनिबार बारपाक(खिम्पु)की सुचिना घाँस काट्न भनी जंगल गएकी थिइन् । उनका साथमा ६, ७ बर्षका देवर नाता पर्ने बालकहरु पनि जंगल गएका थिए । वनमा हिँड्न नसक्ने बालक देवरहरुलाई उनले आफू छिट्टै फर्किने भन्दै आफ्नो मोबाइल दिएर फकाईफुल्याई घर फर्काएकी थिइन् । तर साँझसम्म नफर्केपछि दिनभर स्टोनपिचको काम गरिरहेका उनका श्रीमान र ससुराले हारगुहार मागी ८०, ९० जनाको टोली जंगलतर्फ खोजतलास गर्न गएका थिए ।

‘शनिबार पनि कुनै अत्तोपत्तो नपाई फर्कन्छन् । आइतबार पनि रित्तो हात, सोमबार पनि रित्तो हात फर्केका उनीहरुले मंगलबार प्रहरीलाई खबर गर्छन्’, वडाअध्यक्ष घलेले भने, ‘मंगलबार प्रहरी र स्थानीयबासीको संयुक्त टोली खोज्न जाँदा जंगलमा शव गाडिएको अबस्थामा फेला पार्छन् । त्यस दिन शव त्यहीँ राखेर फर्कन्छन् । भोलिपल्ट बुधबार, खाल्डोबाट शव निकाल्छन् ।’

आक्रमणको प्रतिरक्षा गर्दा हुनसक्छ, सुचिनाको दाहिने हातमा छ, सात ठाउँमा, देब्रेहातको छ सात ठाउँमा र दाहिने कुर्कुच्चामा धारिलो हतियारको चोट छ । दाहिने हातको साहिँली र माझी औँला छिनालिएको अबस्था रहेको वडाअध्यक्ष घलेले बताए । साथै मुख कुच्चिएको र माटो कोचाइएको, घिसार्दा हुनसक्छ, ढाड ददारिएको र टाउका दुईवटा गहिरो चोट देखिने उनले बताए ।
घटनास्थल आसपास एउटा उनीको टोपी र अर्को टोप भेटिएको छ भने डोको, बोरालगायतका सामान पनि प्रहरीले बरामद गरेको छ ।

मृतक सुचिनाको माइतीगाउँ काशिगाउँ लगायतका विभिन्न ठाउँबाट अहिले अपराध अनुसन्धानमा ढिलाइ भएको भन्दै आक्रोश व्यक्त भइरहेका छन् । विशेषगरी सामाजिक सञ्जालमा ‘सुचिनाको हत्यारा चाँडो पत्ता लगाई कारबारही गर’ भन्ने दबाबमुलक प्रतिक्रियाहरु लेखिएका छन् । बारपाकको नाम मुछेर दोषी पत्ता लगाई सार्वजनिक गर्न दबाब गरिरहेका छन् ।

‘हामीले खाईनखाई रातदिन अपराधीको खोजी गरिरहेका छौँ, प्रहरीलाई पनि सघाइरहेका छौँ । एकजना अपराधीले अपराध गर्दा अहिले सारा बारपाकीले दबाब खेपिरहनु परेको छ । यसले हामीलाई तनाब भइरहेको छ’, घलेले भने, ‘आफ्नी चेलीको हत्या हुँदा उहाँहरुमा आक्रोश आउनु स्वभाविक पनि हो । यसले हामीलाई छिटोभन्दा छिटो अपराधी खोज्न बल दिइरहेको छ । ढिलो छिटो हो, अपराधी पत्ता लाग्छ लाग्छ ।’

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:५४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology