Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुमनुव्रीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्यो

चुमनुव्रीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्यो

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
चुमनुव्रीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्यो
images

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भइसकेको र केही दिनमै ठेक्का प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

भवन निर्माणका लागि फिलिम बजार नजिकै जग्गा उपलब्ध भइसकेको उनले जानकारी दिए । साविकको कृषि शाखा र पशु शाखा गोरखाको नाममा रहेको ४ रोपनी ६ आना जग्गा उपभोग गर्न पाउने भनी मन्त्रीपरिषदबाट निर्णय भइसकेको उनले बताए ।

उनका अनुसार चार तल्लाको प्रशासनीक भवन बन्ने छ । कुल २० वटा कोठा रहेन छन् । उत्तरी गोरखाको कला, संस्कृति र मौलिकता झल्कने खालको संरचना बन्ने उनले जानकारी दिए । ‘अहिलेलाई भवन र कम्पाउण्डिङ वाल मात्र बनाउने भन्ने छ,’ उनले भने, ‘त्यसका लागि करिव १५ करोड लाग्ने स्टमेट गरेका छौ ।’

सडक सञ्जाल सहज नभएकाले निर्माण सामग्री ढु्वानीमै बढी खर्च लाग्ने उनले बताए । भवन निर्माणका लागि यो बर्ष स्थानीय पूर्वाधार बिभागबाट २५ लाख रकम विनियोजन भएको छ । बिभागको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत लागतमा भवन निर्माण हुने लामिछानेले बताए ।

‘९ करोडसम्मको लागतमा बिभागले ६० प्रतिशत खर्च व्यहोर्छ,’ उनले भने, ‘त्यो भन्दा माथि जति रकम खर्च हुन्छ त्यसमा चाहि बिभागले सहयोग गर्दैन, पालिका आफैले गर्नुपर्छ ।’ पालिकाको प्रशासनिक भवन हाल भाडामा संचालन हुदैँ आएको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology