Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवन राप्तीका भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

चितवन राप्तीका भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण

images

रासस

२३, मंसिर २०८१
चितवन राप्तीका भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण
images

चितवन, मंसिर २३ - राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो ।

तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।

यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ । रासस

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १३:०६:५५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology