Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सुचिनाको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तहरु सदरमुकाममा, अधिकारकर्मीहरुद्वारा प्रजिलाई ज्ञापन पत्र पेश

सुचिनाको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तहरु सदरमुकाममा, अधिकारकर्मीहरुद्वारा प्रजिलाई ज्ञापन पत्र पेश

images

इच्छाकामना न्युज

२४, मंसिर २०८१
सुचिनाको हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तहरु सदरमुकाममा, अधिकारकर्मीहरुद्वारा प्रजिलाई ज्ञापन पत्र पेश
images

बारपाक ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो । हत्या भएको नौ दिन बित्यो, तर अझै घटनाको रहस्य खुल्न सकेको छैन । दोषी पत्ता नलागेको भन्दै सुचिनाको माइती गाउँ काशिगाउँका बासिन्दा सदरमुकाम आइपुगेका छन् ।

हत्यामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेको भन्दै काशिगाउँबाट आएका उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रहरी प्रमुख एसपी बासुदेव पाठकसंग भेटी यथासीघ्र दोषी पक्राउ गर्न माग गरेका छन् । ६० जनाभन्दा धेरैको संख्यामा उनीहरुले पक्राउ गर्ने आधार हुँदाहुँदै पनि शंकास्पद व्यक्तिहरुलाई तत्काल पक्राउ नगरेको गुनासो गरेका छन् । ‘दुईवटा टोपी, डोको, नाम्लो बरामद भएको छ ।

तीन जना शिकारीहरु पक्राउ परेका छन्, तर नौ दिन भइसक्दा पनि अझै घटना रहस्यमय नै छ’, काशिगाउँका मानबहादुर गुरुङले भने, ‘कुनै शक्तिको दबाबमा सत्यतथ्य छानबिनमा आलटाल भइरहेको छ भन्ने हामी गाउँलेले अनुमान गरेका छौँ ।’ अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर आफूहरु अत्यन्त संयमित भएर बसेको उनको भनाइ छ ।

मृतकको दुईवटा औँला काटिनु रहस्यमय भएको भन्दै अर्की सुस्मिता घलेले गाउँका शिकारीहरुलाई पक्राउ गरेर अनुसन्धान गरे छिट्टै यथाथए पत्ता लाग्ने तर्क गरिन् । ‘तर शिकारीहरु पक्राउ परेका छैनन् । अनुसन्धान अत्यन्त सुस्त ढंगले भइरहेको छ’, उनले भनिन्, ‘आजसम्म हामीहरु संयमित ढंगले प्रस्तुत भइरहेका छौँ । प्रहरी, प्रशासनले गाउँलेहरुलाई संयमता गुमाउन बाध्य नपारोस ।’

घटना अनुसन्धानमा ढिलाइ भएपछि जिल्लामा विरोधको आवाज उठ्न थालेको छ । आइतबार नागरिक साझा सवाल र मानव अधिकार तथा शान्ति समाजले प्रमुख जिल्ला अधिकारीलाई ध्यनाकर्षण गराएका छन् । घटना अत्यन्त निर्मम र कहालीलाग्दो भएको भन्दै ती दुई संस्थाले अलग अलग ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष शरद श्रेष्ठ तथा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले प्रमुख जिल्ला अधिकारीलाई घटना बारे तीब्र गतिमा अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
साथै बारपाक सुलिकोट गाउँपालिका र धार्चेगाउँपालिकाको वडा नं. ६ को वडा कार्यालयले पनि विज्ञप्ति जारी गरी घटनाको बिरोध गर्दै यथासीघ्र दोषी पत्ता लगाई कारबाही अघि बढाउन आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पौडेलले आफूहरु मृतकको आफन्तजनजत्तिकै चिन्तित भएकाले अनुसन्धानमा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता जनाएका छन् । प्रहरीले भने डिएसपी इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा खटिएको अपराध अनुसन्धान टोलीले अनुसन्धान, खोजतलास गरिरहेको जनाएको छ । टोलीमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जौबारी र प्रहरी चौकी बारपाकका टोली खटिइरहेका छन् ।

अपराध अनुसन्धानलाई अझै प्रभावकारी बनाउन शनिबार प्रदेश प्रहरी कार्यालय पोखराबाट थप अपराध अनुसन्धानका विज्ञ टोली बारपाक पुगेको छ । ‘रातदिन खटिएर अनुसन्धान भइरहेको छ तर अपराध अनुसन्धान भन्ने कुरा यस्तो हुन्छ कि, नतिजा नआउञ्जेलसम्म प्रगति सुन्य प्रतिशत देखिन्छ । नतिजा आएपछि एकैचोटीसतप्रतिशत प्रगति देखिन्छ’, जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक भन्छन्, ‘तीनजनालाई सोधपुछका लागि जिल्लामा ल्याएका छौँ । ढिलोचाँडोे हो, अपराधी पत्ता लाग्छ ।’

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ०८:०१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology