Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मीको बधाई

रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मीको बधाई

images

इच्छाकामना न्युज

२४, मंसिर २०८१
रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मीको बधाई
images

पोखरा । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मी संघले बधाई ज्ञापन गरेको छ ।

संघको केन्द्रीय र जिल्ला समितिले आईतबार गुरुङको कार्यकक्षमै पुगी बधाई ज्ञापन गरेको हो । संघ, कास्कीको निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार गुरुङको बधाई ज्ञापन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खिमा गुरुङको नेतृत्वमा कास्की अध्यक्ष युग गुरुङलगायत पदाधिकारीको उपस्थिती थियो । बधाई ग्रहणपछि कार्यालय प्रमुख गुरुङले आगामी दिनमा तमु सञ्चारकर्मीसँग सहकार्य गर्दै जाने बताउनुभयो ।

आवाज विहीनहरूको आवाज बुलन्द पार्ने गरी काम गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । प्रमुख गुरुङ २०५४ वैशाख १ गते सह–समाचार वाचकका रुपमा नियुक्त भई विभिन्न पदमा सेवा गरी कार्यालय प्रमुख हुनुभएको हो । गुरुङले रेडियोमा कार्यक्रम संचालन तथा समाचार वाचन गर्दै आउनु भएको छ । योसँगै लामो समयपछि रेडियो नेपाल पोखराले गण्डकीबाटै नेतृत्व पाएको छ ।

रेडियोमा लामो समय काम गर्नुभएकी गुरुङ रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको पहिलो महिला कार्यालय प्रमुख बन्नुभएको छ । रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय पोखरामा हाल २८ कर्मचारी छन् ।

यो कार्यालय मातहत मुस्ताङको जोमसोम, गुल्मीको रेसुङ्गा, पाल्पाको बगनास, पर्वतको दुर्लुङकोट र तनहुँको बन्दीपुरमा रिले केन्द्रहरु छन् । समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोक गायन क्षेत्रमा पनि स्थापित हुनुहुन्छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ०८:०८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology