Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा ढकाल निर्बिरोध निर्बाचित

देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा ढकाल निर्बिरोध निर्बाचित

images

इच्छाकामना न्युज

२४, मंसिर २०८१
देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा ढकाल निर्बिरोध निर्बाचित
images

देवघाट ।  देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा प्रशन्न ढकाल निर्बिरोध निर्बाचित भएका छन् । आइतबार देवघाट स्थित नमस्ते गार्डेन रिसोर्टमा भएको देवघाटधाम जेसिजको तेस्रो अधिवेशबाट वर्ष २०२४ का महासचिव ढकाल वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सो अधिवेशनबाट जेसीजको कार्यकारिणी उपाध्यक्षमा माधब न्यौपाने, अर्का कार्यकारिणी उपाध्यक्षमा रक्षा कार्की, महासचिवमा अर्जुन सुवेदी, कोषाध्यक्षमा सुजन गुरुङ, कानुनी सल्लाहकारमा करिस्मा गुरुङ चयन भएका छन् ।

यसैगरी उपाध्यक्षहरुमा प्रधुम्न प्याकुरेल,सुस्मा गुरुङ, डा. सम्राट अधिकारी, अमृत सुवेदी तथा निर्देशकहरुमा अर्जुन सापकोटा, सन्तोष सुवेदी, सन्देश पौडेल र कर्ण बहादुर गुरुङ चयन भएका छन् ।

नयाँ निर्वाचित कार्य समितिको पदस्थापना पुसको तेस्रो साता हुने जनाईएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ०८:४१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology