Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ जलविद्युत्को भौतिक प्रगति ६३ प्रतिशत

तनहुँ जलविद्युत्को भौतिक प्रगति ६३ प्रतिशत

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
तनहुँ जलविद्युत्को भौतिक प्रगति ६३ प्रतिशत
images

काठमाडौँ — निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ । १४० मेगावटको उक्त आयोजनाको आर्थिक प्रगति भने ५८ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपालले गरिरहेका छन् ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इन्टेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४९३ मिटर लामो सुरुङ छिचोलेर कंक्रिट लाइनिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । विद्युत्गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्विजयार्ड निर्माण, विद्युत्गृहमा रहने उपकरणहरू जडानलगायत कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । प्याकेज–२ को समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ वटाको जग हालिएको छ भने ६९ वटा खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य छ ।


कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजनाबाट

विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अगाडि बढाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन सञ्चालनमा ल्याइएको छ । सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३३ केभी लाइन निर्माण गरिएको छ । विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म ६३ वटा परियोजना सञ्चालन गरिएको छ । आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:००:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology