Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गैँडाकोट नगरपालिका र बुलिङटार क्षेत्रमा बाघको आतङ्क

गैँडाकोट नगरपालिका र बुलिङटार क्षेत्रमा बाघको आतङ्क

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
गैँडाकोट नगरपालिका र बुलिङटार क्षेत्रमा बाघको आतङ्क
images

 गैँडाकोट, मङ्सिर २६ गते । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका क्षेत्रमा विगत २५ दिनदेखि बाघले आतङ्क मच्चाइरहेको छ । बाघले दुई सयभन्दा बढी गाईगोरु र बाख्रा मारेको घटनाले यहाँका बस्तीमा निकै आतङ्क मच्चिएको छ ।  स्थानीयले बाघको आतङ्कबाट जनजीवन सहज बनाइदिन प्रहरीसमक्ष आग्रह पनि गरेका छन् । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले भन्नुभयो, “बाघले गर्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् । घरबाट बाहिर निस्कने वातावरण छैन । अहिले बाटोघाटो, वनजङ्गलमा हिँड्नसमेत प्रतिबन्ध लगाइएको छ ।” गैँडाकोट नगरपालिका–३ र १८ क्षेत्रबाट पसेको पाटेबाघले आक्रमण गरेर ९२ वटा गाईगोरु र बाख्रा मारेको वडा नं. ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटले सो पाटे बाघले यो अवधिमा स्थानीय बासिन्दाको दुई सयभन्दा बढी पशुवस्तु खाएको पुष्टि गरेको छ । 

बुलिङटार गाउँपालिका–१ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी मगरका अनुसार यो पटक जङ्गलबाट निस्केको बाघले स्थानीय बासिन्दामा निकै त्रास बढाएको छ । मान्छेलाई आक्रमण नगरे पनि पशुवस्तु धमाधम खाँदा मानवबस्ती आतङ्कित भएको हो । स्थानीय शिक्षक समर मगरका अनुसार विशेष गरी बालबालिकालाई पनि त्रास बढाएको छ । विद्यालय आउजाउ गर्न पनि गाह्रो भएको उहाँले बताउनुभयो ।  बाघको आक्रमणलाई तत्काल रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।   

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:१७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology