Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेविसंघले रुम टु रिडको ताला खोल्यो, अजिरकोट गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने

नेविसंघले रुम टु रिडको ताला खोल्यो, अजिरकोट गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
नेविसंघले रुम टु रिडको ताला खोल्यो, अजिरकोट गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने
images

गोरखा। नेपाल विद्यार्थी संघले रुम टु रिड नामक गैरसरकारी संस्थाको कार्यालयमा लगाएको ताला खोलेको छ । अजिरकोट गाउँपालिकाद्वारा प्रकाशित अजिरकोट सेरोफेरो नामक पुस्तकमा सो संस्थाले आफ्नो संस्थाको कुनै भूमिका नरहेको स्पष्ट पार्दै सोमबार विज्ञप्ति जारी गरेपछि नेविसंघले कार्यालयमा लगाएको ताला खोलेको हो ।

नेविसंघले सोमबार एक विज्ञप्ति जारी गरी रुम टु रिडको कार्यालयमा लगाएको ताला खोलेको जनाएको छ । साथै सोही विज्ञप्तिमार्फत नेविसंघले अजिरकोट गाउँपालिकाविरुद्ध भने विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

‘अजिरकोट गाउँपालिकाले आज प्रकाशित विज्ञप्तिमा शिक्षा समिति तथा पाठ्यपुस्तक प्रकाशन कार्यदलसंग बैठक नै नबसी बैठक बसेर साझा सहमति गरिसकेको भनेर मिथ्या प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले निर्दिष्ट गरेको सशस्त्र द्वन्द्वलाई जनयुद्धको नाम दिई जनयुद्धको दिशामा अघि बढौँ भन्ने नाराहरु समेटी एउटा दलको झण्डा छापेर उक्त पुस्तक कदापि स्वीकार्य हुन सक्दैन ।’

आफ्नो भद्र अनुरोधलाई बेवास्ता गरी झुठ प्रचार गरेकोप्रति आपत्ति जनाउँदै नेविसंघले पालिकाविरुद्ध मंगलबारदेखि विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:५४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology