Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
आँबुखैरेनीमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी, २६ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुर स्थित श्री चन्द्रोदय मा.वि.मा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रामिण भेगका दुरदराजमा रहेका आम नागरिकहरुलाई समेत सचेतना गराउने उद्देश्यका साथ उक्त विद्यालयमा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सुवेदी सहितको प्रहरी कर्मचारीहरुबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, अभिभावकहरु एवं कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागितामा बालबालिका आधारभूत सुरक्षा सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १६:१५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology