Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वृद्धाभत्ताको रकम आश्रमलाई

वृद्धाभत्ताको रकम आश्रमलाई

images

इच्छाकामना न्युज

२७, मंसिर २०८१
वृद्धाभत्ताको रकम आश्रमलाई
images

अमरराज नहर्की

तनहुँ, मङ्सिर २७ गते । तनहुँको वृद्धा बुढेसकालमा पनि सामाजिक काममा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ता(वृद्धाभत्ता) रकम बुझेर सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।

पन्थले सामाजिक काममा लाखौँ रकम खर्च गर्नुभएको छ । सामाजिक कार्यको क्रममा उहाँले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वृद्धभत्ता बुझेको रकमबाट सहयोग गर्नुभएको छ ।

पन्थल एक महिनाका लागि आवश्यक खाद्यान्न र नगद दुई हजार छ सय रुपियाँ दान दिनुभएको आश्रमी सचिव निर्मला मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, ‘‘सामाजिक काम गर्न उमेर छेक्दैन भन्ने उदाहरण उहाँबाट लिन सकिन्छ ।’’ वृद्धा एवम् आश्रममै आएर हालै दान दिनुभएको थियो ।

ज्वाई रमानिधि कैनीको ४५ औँ दिनको पुण्य तिथिमा सहयोग गरेको पन्थले बताउनुभयो । करिब ५० वर्ष अघि दुई रोपनी जग्गा बेचेर पन्थले ठाँटी बनाएको पन्थले स्मरण गर्नुभयो । पन्थले भन्नुभयो, ‘‘मैलै त्यतिबेला ४० रुपियाँमा दुई रोपनी जग्गा बेचेर त्यसकै ज्यालाले ठाँटी बनाएको थिएँ अहिले जीर्ण भएर भत्किएको छ त्यसलाई मर्मत गर्ने धोको छ ।’’ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले उहाँले स्थानीय स्तरमा थुप्रै सामाजिक काम गरेको बताउनुभयो ।

विद्यालयका लागि चन्दा दिने, पार्टीपौवा बनाउने, मन्दिर बनाउने जस्ता कायमा सहयोग गर्दै आएको अधिकारीले जानकारी दिनुभयो । पन्थले आफ्नो घर नजिकै अद्धैत संस्थाको भवन निर्माणका लागि तीन आना जग्गा दान दिनुभएको छ । सामाजिक काममा खर्च गर्दा परिवारको तर्फबाट विरोध नभएकाले सजिलो भएको वृद्धा पन्थ बताउनुहुन्छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - १९:५०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology