Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

किर्ते गरी ठगी गरेको आरोपमा युवक पक्राउ

किर्ते गरी ठगी गरेको आरोपमा युवक पक्राउ

images

इच्छाकामना न्युज

२८, मंसिर २०८१
किर्ते गरी ठगी गरेको आरोपमा युवक पक्राउ
images

लमजुङ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराको कर्मचारी रहेको भनी ठगी गर्दै हिँडेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय लमजुङबाट असई कृष्ण विश्वकर्माको कमाण्डमा खटेको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका २४ लेखनाथ बस्ने वर्ष २४ का अमृत कुमाललाई पक्राउ गरेको हो ।

लमजुङको क्व्होलासोथार गाउँपालिका ८, घाम्राङमा बिहीबार बिहान ८ बजेतिर आफू नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयको कर्मचारी रहेको, आफूले बिजुलीको मिटर धरौटीबापतको रकम जम्मा गर्न आएको, प्राधिकरणको छाप, नगदी रसिद समेत देखाएर हिँडेको र स्थानीयहरूले सोधपुछ गर्न थालेपछि फरार भएको खबर प्राप्त भएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

खोजतलासका क्रममा कुमाललाई लिखत कागजातहरु तथा स्ट्याम प्याडहरुसहित बिहीबार दिउँसो १ बजेतिर बेंसीसहर नगरपालिका ८, बेंसीसहरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुमाललाई लमजुङ जिल्ला अदालतबाट शुक्रबार दिन ७ को म्याद थप गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:००:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology