Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

काठमाण्डौ – मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढेको छ । त्यसमा पनि क्यूआर अर्थात क्विक रेस्पोन्स कोडमा आधारित भुक्तानी उच्च दरले बढेको छ ।

images

नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्षको कात्तिकमा अघिल्लो वर्षको कात्तिकको तुलनामा झण्डै तीन गुणाले विद्युतीय भुक्तानीको कारोबार बढेको छ ।

गएको कात्तिकमा मात्रै ९४ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको छ । गएको वर्षको कात्तिक महिनामा ३४ खर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको मात्र यस्तो कारोबार भएको थियो ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको हो ।

विद्युतीय भुक्तानी सेवा, आइपीएस, कनेक्ट आइपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । विद्युतीय भुक्तानी कारोबारसँगै ठगीका घटना पनि बढेकाले सचेत हुन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:०८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology