Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी अस्पतालद्धारा शल्यक्रिया सहितको प्रसुती सेबा संचालनका लागि स्वीकृत प्राप्त

आँबुखैरेनी अस्पतालद्धारा शल्यक्रिया सहितको प्रसुती सेबा संचालनका लागि स्वीकृत प्राप्त

images
आँबुखैरेनी अस्पतालद्धारा शल्यक्रिया सहितको प्रसुती सेबा संचालनका लागि स्वीकृत प्राप्त
images
आँबुखैरेनी, १ पौष । आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसिर २६ गतेको निर्णय अनुसार आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, विभागका निर्देशक डा. बिबेक कुमार लाल तथा पत्रकार पबन पौडेलको विशेष सहयोगमा आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेबा प्रदान गर्न अनुमति पाएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
यस क्षेत्रका नागरिकहरु अब शल्यक्रिया सहितको प्रसुती सेबा लिन अन्यत्र ÷ बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको समेत अध्यक्ष चुमानले बताउनुभयो ।
 
 

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १९:३३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology