Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा–काठमाडौं एकीकरण मार्गमा पुस २१ बाट सेनाको पदयात्रा

गोरखा–काठमाडौं एकीकरण मार्गमा पुस २१ बाट सेनाको पदयात्रा

images
गोरखा–काठमाडौं एकीकरण मार्गमा पुस २१ बाट सेनाको पदयात्रा
images

हरिराम उप्रेती

गोरखा —गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा गर्ने भएको छ ।

यही पुस २१ गतेबाट पदयात्रा सुरु गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए । यात्रा जिल्लागत हस्तान्तरण हुँदै अघि बढ्ने उनले बताए ।

‘पुस २१ गते गोरखाबाट सुरु हुने यात्रा सोही दिन धादिङको घाटबेंसीमा शिवदल गणलाई हस्तान्तरण गर्छौं,’ उनले भने । धादिङ-नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने छ । ‘कार्यक्रममा जनसहभागिता बढाउन र इतिहास बुझाउन के कसरी अघि बढ्न सकिन्छ भनेर आज सरोकारवालासँग पनि छलफल गर्‍यौं,’ उनले भने ।

गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोषको दूरीको यात्रा हुन लागेको हो । सेनाले विगतका वर्षमा पनि गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ । यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरको बारेमा भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने विश्वास लिइएको छ ।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले पाँच वर्षअघिबाट पदयात्रालाई निरन्तरता दिँदै आएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:४१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology