Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बारपाक भूकम्प स्मृतिपार्कले पूर्णता पाउने, स्तम्भमा गोरखाका मृतकहरुको मात्र नाम लेखिने

बारपाक भूकम्प स्मृतिपार्कले पूर्णता पाउने, स्तम्भमा गोरखाका मृतकहरुको मात्र नाम लेखिने

images
बारपाक भूकम्प स्मृतिपार्कले पूर्णता पाउने, स्तम्भमा गोरखाका मृतकहरुको मात्र नाम लेखिने
images

बारपाक । दुईबर्षदेखि काम रोकिएको बारपाकको भूकम्प स्मृतिपार्क निर्माणको काम अघि बढ्ने भएको छ ।

२०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली प्राप्त नभएर निर्माण सम्पन्न हुन नसकेको सो पार्क निर्माणको काम अब छिट्टै सुरु गरिने निर्माण कम्पनीले जनाएको छ । पार्कमा गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको मृतकहरुको संख्या मात्र उल्लेख गरेर कामलाई निरन्तरता दिने निर्णय भएपछि निर्माण कार्यलाई निरन्तरता दिन लागिएको हो ।

यसअघि पार्कभित्र भूकम्पबाट अति प्रभावित १४ जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । त्यसका लागि पार्कमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि निर्माण गरिएको छ ।

तर सम्पूर्ण मृतकहरुको आधिकारिक नामावली सम्बन्धित निकायबाट प्राप्त नहुँदा काम रोकिएको थियो । ‘अरु जिल्लाहरुबाट मृतकको संख्या र नाम आधिकारिक रुपमा आउन सकेन,’ संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्कीका प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘नामावलीकै कारण लामो समय योजनाको काम रोकिएपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) मा गत भदौ १६ गते बैठक बसेर गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको भने मृतक संख्या मात्र उल्लेख गरी ताम्रपत्र राख्ने बिभागीय निर्णय भयो ।’

सोही निर्णय अनुसार काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार समेत भइसकेको उनले जानकारी दिइन् । मृतकहरुको नामावली समेत कार्यालयले उपलब्ध गराइसकेको छ । मृतकहरुको नामावली र संख्या जिल्ला प्रशासन कार्यालयबाट माग गरिएको थियो । प्रशासनले ४९० जना मृतक रहेको भन्दै नामावलीसहितको विवरण पठाएको छ ।

सोही विवरण अनुसार स्तम्भमा नाम लेख्न निर्माण कम्पनीलाई भनिएको श्रेष्ठले जानकारी दिइन् । पार्क निर्माणका लागि २०७४ साल मंसिर १४ गते स्वच्छन्द, होम निर्माण जेभी कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने थियो । तर नामावली प्राप्त नभएका कारण काम रोकिएको र पटक पटक म्याद थप हुदैँ आएको थियो ।

हालसम्म पाँचौ पटक म्याद थप भइसकेको इन्जिनियर बिरवल सुनार बताए । ‘निर्माण कम्पनीले काम नगरेर भन्दापनि नामावली उपलब्ध गराउन नसकेको काम रोकिएको हो, अव काम अघि बढेर योजना सम्पन्न हुन्छ,’ उनले भने । गोरखाको मात्र नामावली समावेश गराएर योजना सम्पन्न गर्न पटक पटक आफूहरुले आग्रह गर्दै आएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए ।

‘नामावलीकै कारण योजना अलपत्र भएपछि संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्की पुगेर हामीले गोरखाको मात्र नामावली राखेर भएपनि योजना सम्पन्न गरौ भनेर पटक पटक आग्रह गरेका थियौ,’ उनले भने, ‘अहिले त्यही अनुसार निर्णय भएर आयो, अव बल्ल योजना सम्पन्न हुने भयो ।’

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ११:४४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology