आँबुखैरेनी, ३ पौष । श्री चन्द्रोदय माध्यमिक विद्यालय आँबुखैरेनी-१, समस्तिपुर, तनहुँले मंगलबार आफ्नो ५० औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले मनाएको छ ।
विधालयको प्राङ्गणमा एक विशेष समारोहको आयोजना गरि विधालयको ५० औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती भव्य रुपले मनाइएको विधालयले जनाएको छ ।
सो अवसरमा विद्यालयले स्वर्ण जयन्ती कार्यक्रम र पूर्व विद्यार्थी स्मृति अक्षकोष स्थापना गर्नका लागि रु. १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरेको छ । संकलित उक्त रकमबाट कार्यक्रमको खर्च कटाएर बाँकी रकम पूर्व विद्यार्थी स्मृति अक्षकोषमा योगदान गरिने विधालयका प्रधानाध्यापक धुब्र सेढाईले जानकारी दिए ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष ओ माया गुरुङको अध्यक्षता तथा आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव एवं स्वर्ण उत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडा अध्यक्ष प्रेम बहादुर तमु, विधालयका प्रधानाध्यापक धुब्र सेढाई लगाएतले मन्तव्य राखेका थिए ।