Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी गाउँपालिका अध्यक्ष कपको उपाधी सिद्ध गुफा युवा क्लबलाई

आँबुखैरेनी गाउँपालिका अध्यक्ष कपको उपाधी सिद्ध गुफा युवा क्लबलाई

images
आँबुखैरेनी गाउँपालिका अध्यक्ष कपको उपाधी सिद्ध गुफा युवा क्लबलाई
images

आँबुखैरेनी, ३ पौष । तनहुँको आँबुखैरेनी-२, मार्किचोकमा जारी आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप -२०८१ 7A Side फुटबल प्रतियोगिताको उपाधी सिद्ध गुफा युवा क्लब बिमलनगरले जितेको छ ।

फाइनलमा उपाधीका लागि आयोजक रमाइलो टिम मार्किचोक 'A' र सिद्ध गुफा युवा क्लब बिमलनगर बिच भिडन्त भएको थियो । निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा मार्किचोक रमाइलो टिम A लाई १ विरुद्ध ३ गोल गर्दै सिद्ध गुफा युवा क्लबले आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप -२०८१ 7A Side फुटबल प्रतियोगिताको उपाधी जितेको हो ।

जित संगै सिद्ध गुफा युवा क्लबले नगद रु.२ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता आयोजक रमाइलो टिम मार्किचोक 'A' ले नगद रु.१ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत मंसिर २८ गते देखि जारी प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - २१:४०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology