Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल

स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल

images
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
images

तनहुँ । तनहुँको पूर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबुद बनाएको छ ।

स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरेर ख्याति कमाएको यस अस्पतालले हेमोडायलासिसका साथै शल्यक्रियासहितको आमा सुरक्षा कार्यक्रम गर्न स्वीकृति पाएको हो ।

मङ्सिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति पाएपछि यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । दमौली अस्पतालका सुपरीटेन्डेन एवं सर्जन डा. परिवर्तन बरालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले केही दिनअघि स्थानीय ५९ वर्षका माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया गरेको थियो ।

त्यसैगरी मिर्गौलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएपछि सेवा दिन सुरू गरेको सो अस्पतालले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिएका थिए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा केही दिनअघि गएको टोलीले अस्पतालमा सेवा सञ्चालनका लागि सूचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको जनाएपछि मन्त्री पौडेलले सहजीकरण गरेका थिए । सेवा सूचीकृतका साथै अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा सघाउने मन्त्री पौडेलबाट आश्वासन पाउँदा थप हौसला मिलेको अध्यक्ष चुमानले बताए ।

साथै, स्वास्थ्य सेवा विभागको मङ्सिर २६ गतेको निर्णयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि अनुमति स्वीकृत प्रदान गरेको छ । उक्त कार्यक्रम लागू भएसँगै गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्ने छन् ।

उक्त अस्पतालबाट तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही क्षेत्रका बासिन्दाले सेवा लिँदै आएको आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - २२:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology