Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन अलपत्र पर्दै

चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन अलपत्र पर्दै

images
चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन अलपत्र पर्दै
images

भानु । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै अस्तित्व गुमाउने अवस्थामा पुगेको छ ।

यो भवन चार वर्षदेखि अलपत्र परेको छ । दुई करोड ५० लाख रुपियाँमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाइएको छ । भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्धन र प्रचारप्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा भने आउन सकेको छैन ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले रामायण भवन निर्माण गरे पनि यसको संरक्षण र प्रयोगमा अझै ध्यान पुगेको छैन । संरक्षण नहुँदा पछिल्ला समयमा काठलाई धमिराले खाने, भवनका सामान चोरी हुने, तोडफोड हुने, युवकयुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएकोमा दुःख लागेको भानु नगरपालिका–५, पुरनडिही निवासी भरत पोख्रेलले जानकारी दिनुभयो  ।

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो ।

करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायत संरचना निर्माण गर्ने गुरुयोजना भए पनि हाल अलपत्र अवस्थामा छ ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - ०९:५३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology