Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्दै

तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्दै

images
तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्दै
images

अमरराज नहर्की

तनहुँ । तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको छ। व्यास नगरपालिका–३ देउराली नगर निवासी भीमबहादुर बिकले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो।

छ वर्ष वैदेशिक रोजगारीमा काम गर्नु भएका बिक हाल पुर्खाको पेशाबाट वैदेशिक रोजगारीको भन्दा बढी आम्दानी गर्न सफल हुनु भएको छ। बिकले तीन जनालाई रोजगारी दिनुभएको छ।

नयाँ समान बनाउने तथा पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर वैदेशिक रोजगारीको भन्दा धेरै आम्दानी भएको बताउनुभयो।  नयाँ बनाएको बन्चरो, हँसिया, कोदाली, दाउ जस्ता समान बनाउने तथा मर्मत गरेर, धार उदाएर वार्षिक आम्दानी छ लाख नाफा भएको बताउनुभयो। 

विदेशमा दुःख गरे जस्तै स्वदेशमै पसिना बगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ठानेर व्यवसाय सुरु गरेको बिकले बताउनुभयो। महंगो मूल्यमा कोइला किन्नुपर्ने बाध्यता सरकारले हटाउने हो भने आरन सञ्चालन गर्नेलाई हौसला पाएर पलायन हुनबाट जोगाउन सकिने उहाँको भनाइ छ। 

व्यवसायीलाई सूचिकृत गरेर आवश्यकता अनुसार कोइला स्थानीय स्तरमा सहुलियत मूल्यमा पाउने व्यवस्था गर्न सके पूर्खाको पेशाको संरक्षण हुनुका साथै मनग्य आम्दानी हुने बिकले बताउनुभयो। 

अधिकांशले पुर्खाको पेशा छोड्दै गएकोमा उहाँले संरक्षण गर्दै मनग्य आम्दानी गरेर अरुलाई समेत आफ्नो पेशा गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुहुन्छ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - २०:४३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology