Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

images
मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
images

मुग्लिन । चितवनको मुग्लिन - काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले लेन अनुशासनको पालना गरी गाडी चलाउन आग्रह गरेको छ ।

त्यस्तै गाडी चलाउन रोक लगाएको समयमा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीलाई नरोकिने पनि जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने ठूला गाडी गल्छी–बैरेनी र हलुका गाडी जरेखेतमा रोकिने छन् ।

त्यसैगरी चितवनतर्फ चालिसे र घाटबेँसीमा गाडी रोकिने छन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने गाडीलाई मझिमटार र चरौंदी बजारमा रोकिने आयोजनाले जनाएको छ ।   

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ११:४७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology