Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना

बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना

images
बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना
images

अमरराज नहर्की

 

तनहुँ, पुस ६ गते । तनहुँको एक पालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बन्दीपुर गाउँपालिकाले स्थापना गरेको हो।  

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। यस बैंकले कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउने छ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्ति र रोजगदाताको विवरण एकीकृत रुपमा तयारी गरेर रोजगार विनिमय कार्य सञ्चालन गर्ने शुक्रबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी दिनुभयो। 

अध्यक्ष थापाका अनुसार कामको खोजीमा रहेका व्यक्ति र कामदारको खोजीमा रहेका रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिहरुले क्युआर स्क्यान गरेर गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालय मार्फत वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सकिनेछ।    

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १३:२८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology