Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन

वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन

images
वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन
images

अमरराज नहर्की

तनहुँ, पुस ७ गते । वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् । जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा उनीहरुले आवेदन दिएका हुन् ।

वैदेशिक रोजगारीमा गई कामको सिलसिलमा ज्यान गुमाएका वा अङ्गभङ्ग भएर फर्किएका कामदारका छोराछोरीले सो सङ्ख्यामा छात्रवृत्तिको लागि निवेदन दिएको केन्द्रको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई चालु आर्थिक वर्षको लागि छात्रवृत्तिको लागि माग गरेकोमा ४४ जनाले निवेदन दिएको उहाँले बताउनुभयो । 

बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूणरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आव्हान गरे बमोजिम निवदेन दिएको तिवारी बताउनुहुन्छ ।

तिवारीका अनुसार तनहुँमा ५९ जनाले छात्रवृत्ति पाइसकेका छन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने ३७ जनाले वार्षिक १६ हजार र कक्षा नर्सरीदेखि ७ कक्षा सम्म अध्ययन गर्ने २२ जनाले वार्षिक १२ हजार छात्रवृत्ति प्राप्त गरेका हुन् । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्व प्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययरनरत १८ वर्ष मुनीका बालबालिकाले निवेदन दिन पाउँछन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन आग्रह गरिएको थियो ।

बोर्डबाट वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अङ्गभङ्ग भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता सात लाख रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका कामदारका छोराछोरीले छात्रवृत्तिका लागि आवेदन दिन सूचना जारी गरिएको थियो ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १६:५४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology