Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मनकामना बहिरा आवासीय मावि स्थापना भएको २५ वर्ष पूरा

मनकामना बहिरा आवासीय मावि स्थापना भएको २५ वर्ष पूरा

images
मनकामना बहिरा आवासीय मावि स्थापना भएको २५ वर्ष पूरा
images

गोरखा । गोरखाको टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय स्थापना भएको २५ वर्ष पूरा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार एक कार्यक्रमका बीच विद्यालयको रजत महोत्सवको उद्घाटन एवं रजत स्तम्भको अनावरण समेत गर्नुभयो ।

विद्यालयले रजत महोत्सवको अवसरमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गर्‍यो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य समेत प्रदर्शन गरेका थिए । विसं २०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी हाल १३२ जना बहिरा विद्यार्थी अध्ययनरत छन् ।

गोरखा नगरपालिका वडा नं १० टक्सारमा रहेको यो जिल्लाकै एक मात्र विशेष सामुदायिक विद्यालय हो । 

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - २०:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology