Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भानुमा करिब ३० लाखको लागतमा महादेव मन्दिर निर्माण

भानुमा करिब ३० लाखको लागतमा महादेव मन्दिर निर्माण

images
भानुमा करिब ३० लाखको लागतमा महादेव मन्दिर निर्माण
images

दमौली । भानु नपा–६ डाँडाथोकमा करिब ३० लाखको लागतमा कैलाशेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिर र मन्दिर परिसरमा रहेको अन्य संरचना निर्माणमा उक्त रकम खर्च भएको मन्दिरका सल्लाहाकार जगत खड्काले बताए ।

उक्त मन्दिरको हालै पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गरेका थिए । मन्दिर निर्माणकोलागि सांसद श्रेष्ठको पहलमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्रालयले एकमुष्ठ २७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

त्यसैगरि उक्त वडामा रहेको भंगेरी आमा समुहले देउसी भैलो खेलेर संकलन गरेको ४० हजार रुपैयाँ पनि उक्त मन्दिर निर्माणकोलागि उपलब्ध गराईएको थियो ।

त्यस्तै हजुरवा, हजुर आमा र भाईको स्मृतिमा भानु–६ का सांसद श्रेष्ठका स्वकिय सचिव समेत रहेका जगतबहादुर खड्काले २१ ह्जार ५५५ रुपैयाँ उपलब्ध गराएका थिए । त्यसैगरि विभिन्न संघ संस्था र व्यक्तिहरुले पनि उक्त मन्दिर निर्माणकालागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । ५ हजार रुपैयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघ संस्था र समुहको नाम शिलालेखमा राखिएको सल्लाहाकार समेत रहेका खड्काले बताए ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - २०:४०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology