आँबुखैरेनी । श्री छिम्केश्वरी माई उपभोक्ता सहकारी संस्था लि. आँबुखैरेनी–३, तनहुँको चांैथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
रोयल्स होम रिसोर्टमा सम्पन्न संस्थाको चांैथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कृष्णमान तामाङ्गलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
यस्तै, संस्थाको उपाध्यक्षमा रेजिना श्रेष्ठ, सचिवमा ओमकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश अधिकारी र सदस्यहरुमा मनोज श्रेष्ठ, पुष्प कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, प्रसाद श्रेष्ठ, रञ्जित श्रेष्ठ, खुनमाया गुरुङ्ग, कुमार थापा, लोक बहादुर गुरुङ्ग, राजेन्द्र कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको सहकारीले जनाएको छ ।