Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी गाउँपालिका वडा नं ६ को सेवा कार्यालय उद्घाटन

आँबुखैरेनी गाउँपालिका वडा नं ६ को सेवा कार्यालय उद्घाटन

images
आँबुखैरेनी गाउँपालिका वडा नं ६ को सेवा कार्यालय उद्घाटन
images
आँबुखैरेनी, पौष ८ गते । आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघरफाटमा सेवा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष दिलिप गुरुङ ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि पालिका अध्यक्ष श्री शुक्र चुमान ज्यू ,कार्यक्रममा विशेष अतिथि रूपमा पालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासनिक अधिकृत विष्णु प्रसाद शर्मा, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न समुदायका सदस्यहरूको उपस्थिती थियो।
 
सेवा कार्यालय खोल्ने उद्देश्य भनेको हिलेखर्क जाँदा अप्ठ्यारो परिरहेको , प्युघर फाटाको वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउने हो। यस सेवा कार्यालयबाट जनतालाई सरकारी सेवा पुर्याउन सुविधाजनक बनाउने र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको छ। अब, हप्ता का २ दिन सेवा कार्यालयबाट नागरिकहरूले विभिन्न सेवा प्राप्त गर्न सक्नेछन्। यस कार्यालयबाट बिभिन्न सेवाहरूको पहुँच विस्तार गरिनेछ र जनताको समस्याहरू छिटो समाधान हुने अपेक्षा गरिएको छ।
 
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्री शुक्र चुमान ज्यूले भन्नुभयो, "आजको यो सेवा कार्यालय उद्घाटन कार्यक्रमले जनतासँगको हाम्रो निकटता बढाउनेछ र प्रशासनिक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ।" उहाँले भन्नुभयो , यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ। "यो कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिक रूपमा सेवा दिने हो।
 
यस सेवा कार्यालयको उद्घाटनले प्युघर क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार्ने र प्रशासनको प्रभावकारीता बढाउने दिशा तय गर्ने विश्वास गाउपालिकाले गरेको छ ।

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - २०:०१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology