Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रेको कामले तिव्रता पाउँदै

सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रेको कामले तिव्रता पाउँदै

images
सिम्जुङ–घ्याच्चोक सडक कालोपत्रेको कामले तिव्रता पाउँदै
images

गोरखा । अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ र वडा नं. १ घ्याच्चोक जोड्ने सडक कालोपत्रेको काम तिव्र गतिमा अघि बढेको छ ।

हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । ‘ग्याविन जाली भर्ने, पर्खाल र नाला निर्माण लगायतका संरचनाहरुको काम लगभग सम्पन्न भईसके,’ कार्यालयका इन्जिनियर दिपक बस्न्यातले भने, ‘अहिले पेभमेन्टको काम सुरु भएको छ ।’ कुल ७.३ किलोमिटरको उक्त खण्डमध्ये ५.७ किलोमिटर कालोपत्रे र बाँकी १.६ किमी ढलान हुने उनले जानकारी दिए ।

‘असफाल्ट प्रविधिको कालोपत्रे हुने हो, यो अहिले नेपालमा चलेको कालोपत्रेका प्रकारमध्येको उत्कृष्टमा पर्छ,’ बस्न्यातले भने । सडक कालोपत्रेको जिम्मा कर्ण/नवकान्तिपुर जेभीले पाएको छ । २०८० साल असार २० गते ठेक्का सम्झौता भएको हो । २०८२ साल असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको छ । अहिलेको कामको प्रगति अनुसार निर्धारित समयमै काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

संघ तथा प्रदेश सरकारको ५०/५० प्रतिशत लागत सहभागीतामा सडक कालोपत्रे हुन लागेको हो । समपुरक बजेट अन्तरगत कुल ३६ करोड ४७ लाख लागतमा सडक कालोपत्रे हुन लागेको कार्यालयले जनाएको छ ।

‘सडक चौडा गर्ने, आवश्यक ठाउँमा रिटर्निङ वाल लगाउने, र सडकसँगै नाला निर्माण पनि गर्ने हो,’ इन्जिनियर बस्न्यातले भने । सडक कालोपत्रे भएसँगै महभिर, घ्याच्चोक, सिम्जुङ लगायतका स्थानीयलाई आउजाउमा निकै सहज हुने बताइएको छ । कालोपत्रे भएसँगै सडकको धुलो र धुवाबाट पनि मुक्ति पाउने भन्दै स्थानीय खुशी देखिन्छन् ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ०९:४४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology