Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाली सेनाद्वारा गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने

नेपाली सेनाद्वारा गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने

images
नेपाली सेनाद्वारा गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने
images

गोरखा, पुस ९ गते । आगामी पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा नेपाली सेनाले गोरखा–काठमाडौँ एकीकरण पदयात्रा गर्ने भएको छ ।

पृथ्वीनारायण शाहले बाइसे/चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै पुस २१ बाट पदयात्रा सुरु गरिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेका पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, काली बक्स गण र श्रीनाथ गणको झन्डा, राष्ट्रिय झन्डा र टर्चसहित पुस २१ गते गोरखाबाट प्रस्थान गर्ने कार्यक्रम तयार भएको छ ।

नेपाली सेनाको ब्यान्डबाजा, पन्जैबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्लेअश्राङ हुँदै बोर्लाङको घाटबेँसी पु¥याइने छ । एक कार्यक्रम आयोजना गरी धादिङको टोलीलाई टर्च र झन्डा दिएर गोरखाको टोली फिर्ता हुने छ भने त्यहाँबाट अर्को टोलीले गोरखाबाट पठाइएको टर्च र झन्डा २६ गते साँझसम्म काठमाडौँको हनुमानढोका पु¥याउने छ ।

२७ गते हनुमानढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समारोहमा शार्दूलजङ्ग गुल्मले उक्त टर्च र झन्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १२:४०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology