Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पुलजिपमा तमु ल्होसार विशेष साँस्कृतिक कार्यक्रम-२०८१ हुने

पुलजिपमा तमु ल्होसार विशेष साँस्कृतिक कार्यक्रम-२०८१ हुने

images
पुलजिपमा तमु ल्होसार विशेष साँस्कृतिक कार्यक्रम-२०८१ हुने
images
आँबुखैरेनी, ९ पौष । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पुलजिपमा तमु ल्होसार विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम-२०८१ हुने भएको छ ।
पुलजिप युवा क्लबद्वारा प्र्हु ल्होको बिदाई र प्रि ल्होको स्वागत गर्दै तमु ल्होसारको अवसरमा आगामी पौष १५ गते पुलजिप साँस्कृतिक कार्यक्रम तथा विविध खेलकुद कार्यक्रम गर्न लागेको हो ।
साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकारहरू पृथ्वी गुरुङ, चन्द्र परियार, गोबिन्द रिजाल, राकेश थापा, विशाल गुरुङ, सरोज गुरुङ लगाएत स्थानीय कलाकारले विशेष साङ्गेतिक प्रस्तुति दिने क्लबका अध्यक्ष बिजय गुरुङले जानकारी दिए।
साथै, सो अवसरमा विविध खेलकुद कार्यक्रम अन्तर्गत डोरी तान्ने खेल, घैटो फुटाई, म्युजिकल चियर, १०० मि. दौड प्रतियोगिता समेत गरिने अध्यक्ष गुरुङले बताए ।
तमु ल्होसारको अवसरमा आयोजित पुलजिप साँस्कृतिक कार्यक्रम तथा विविध खेलकुद कार्यक्रमको लागि आवश्यक तयारी तीब्र पारिएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १५:४६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology