Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक

इच्छाकामना न्युज

१०, पौष २०८१
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक

नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।

images

सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्ष यानबाट सूर्यको छेउमा भएको अवस्थाबारे जानकारी आउन पर्सि शुक्रवारसम्म प्रतीक्षा गर्नुपर्ने खबरमा उल्लेख छ  ।

यो नासाको अहिलेसम्मकै महत्त्वपूर्ण र उपलव्धिमूलक लक्ष्य भएको र  यसले ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको काम गरेको वैज्ञानिकहरुको भनाइ छ ।

पार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो । 

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - ११:४०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology