Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नुब्री उपत्यकामा हिमपात, चुम उपत्यकामा हावाहुरीले रुघाखोकीका बिरामी

नुब्री उपत्यकामा हिमपात, चुम उपत्यकामा हावाहुरीले रुघाखोकीका बिरामी

images

इच्छाकामना न्युज

१०, पौष २०८१
नुब्री उपत्यकामा हिमपात, चुम उपत्यकामा हावाहुरीले रुघाखोकीका बिरामी
images

गोरखा । उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ । सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री २ स्यालाका पेम्वा रेता लामाले बताए ।

‘दिउसो चारबजेदेखि हिउँ पर्न थालेको हो । अहिले पनि परिरहेको छ,’ उनले भने, ‘अब झन् चिसो बढ्छ ।’
चुमनुब्री १ सामागाउँ, साम्दो, वडा नं. २ ल्हो, स्यालालगायतका स्थानमा हिमपात भएको उनले जानकारी दिए । हिउँ परेसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ । ‘अब चिसो बढेर घरबाहिर निस्कन सकिदैन, घरभित्रै खोले पकाउँदै खाँदै बस्ने हो,’ लामाले भने, ‘याक, चौँरीलाई पनि गोठभित्रै पराल, सुकेको घाँस दिएर राखेका छौँ ।’

 

अहिले यो बर्षकै पहिलो पटक हिउँ परेको उनले बताए । हिमपातले खेतीलाई भने फाइदा पुग्ने उनको भनाइ छ । अहिले करु रोपिएको र हिउँले खेती सप्रिने भन्दै स्थानीय खुशी छन् ।
उत्तरी गोरखाको अर्को पाटो चुमभ्यालीतिर भने हिउँ परेको छैन । सामागाउँकै उचाइमा रहेको छेकम्पारतिर हिउँ पर्नुको साँटो तीब्र गतिमा हावाहुरी चलेर स्थानीयलाई हैरान पारेको छ । ‘ठूलो हावाहुरी चलेर धुलोको मुस्लो उँडाउँछ । चिसो र धुलोले गाउँले सबै रुघाखोकीको बिरामी छन्’, उनले भने ।

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १६:०८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology