Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

इच्छाकामना न्युज

११, पौष २०८१
कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
images

११ पुस, काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।

images
images

विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ ।

तीमध्ये ११ जनाको अवस्था गम्भीर छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।

उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए । दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए ।

तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भएको छ । ती शिशु हाल अस्पतालमा छन् । अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार विमानको ब्ल्याक बक्स भेटिएको छ र दुर्घटनाको कारण पत्ता लगाउन तथा यात्राुहरुको सहायताका लागि एक आयोग गठन गरिएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - ०९:४९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology