Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्दिपुरका तमु समुदायले विविध साँस्कृतिक कार्यक्रम गरि तमु ल्होसार मनाउने

बन्दिपुरका तमु समुदायले विविध साँस्कृतिक कार्यक्रम गरि तमु ल्होसार मनाउने

इच्छाकामना न्युज

११, पौष २०८१
बन्दिपुरका तमु समुदायले विविध साँस्कृतिक कार्यक्रम गरि तमु ल्होसार मनाउने

प्रतीक गुरुङ

images

बन्दिपुर । तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न सास्कृतिक कार्यक्रम , शुभकामना आदान प्रदान कार्यक्रम सहित तमु ल्होसार मनाउने निर्णय गरेको हुन ।

समाजका अध्यक्ष चन्द्रज्वज गुरुङको अध्यक्षतामा बसेको बैठकले बन्दिपुर गाउँपालिका वडा न : २र ३ आहालभञ्ज्याङ्ममा आयोजना गर्ने निर्णय गरेको छ । सास्कृतिक भेषभुसा सहित सास्कृतिक कार्यक्रम , शुभकामना आदान प्रदान कार्यक्रम साथै एकल तथा सामुहिक नृत्य समेत आयोजना गर्ने निर्णय भएको छ ।गुरुङ समुदायले यो पर्व प्रत्येक बर्ष विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर तनहुँ जिल्लामा पनि मनाईदै आएको छ ।

जिल्लाको बन्दिपुर गाउँपालिका , आबुखैरेनी गाउँपालिका , भानु नगरपालिका , व्यास नगरपालिका , सुक्लागण्डकी नगरपालिका , भिमाद नगरपालिका , देबघाट गाउँपालिका घिरिङ्ग गाउँपालिका , ऋषिङ गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरेर तमु ल्होसार मनाउदै आएको छ । यस बर्ष सप्री ल्हो अर्थात सर्प बर्गलाई स्वागत र मुप्री ल्हो गडुल बर्गलाई बिदाईको अबसर पारेर कार्यक्रमहरु तय भएका छन् गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ बर्षको रुपमा लिने गर्दछन ।

गुरुङ समुदायको आफनै पात्रो अनुसार प्रत्येक पुष १५ गते नयाँ बर्ष फेरिने गरेको गुरुङ अगुवाहरुले बताएका छन । जस कारण विभिन्न धार्मिक बिधि विधान मार्फत पुषको १४ गते राति पुजापाठ गर्ने र १२ बजे नयाँ बर्षको आगमनमा पुरानो बर्षको बिदाइ तथा नयाँ बर्षको आगमन गर्ने प्रचलन रहेको छ । सोही क्रममा १५ गते हर्षउल्लासका साथमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरुङ समुदायले नयाँ बर्ष मनाउने गर्दछन ।

यस समुदायका धार्मिक गुरुहरुका अनुसार १२ वटा बर्ग रहेको हुन्छ र प्रत्येक पुष १५ गते नयाँ बर्गको आगमन हुने गर्दछ । यस समुदायमा जन्मेका ब्यक्तिहरुको सोही बर्ग अनुसार उमेर समेत पत्ता लगाउने प्रचलन रहेको छ । तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रले तमु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति बचाउने उदेश्यले प्रत्येक जिल्ला शाखाहरुलाई तमु ल्होसार मनाउन निर्देशन गर्दछ ।

तमू समुदायहरुले आफनो पहिचान बचाउन विभिन्न कार्यक्रमहरुका साथै तमु । तमू ल्होसार मनाउनका लागि स्थानीयतहहरुले समेत आर्थिक सहयोगहरु गर्दै आएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २०:५५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology