Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा पालिकाहरुको पुँजीगत खर्च २० प्रतिशत पनि हुन सकेन

गोरखामा पालिकाहरुको पुँजीगत खर्च २० प्रतिशत पनि हुन सकेन

images

इच्छाकामना न्युज

११, पौष २०८१
गोरखामा पालिकाहरुको पुँजीगत खर्च २० प्रतिशत पनि हुन सकेन
images

गोरखा । चालु आर्थिक बर्षको आधा अवधि सकिँदैछ । यो अवधिसम्म जिल्लाका स्थानीय तहहरुको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ ।

आर्थिक बर्ष २०८१/०८२ समाप्त हुन पाँच महिना पनि बाँकी छैन, यो अवधिमा पुँजीगत खर्च भने कुल बजेटको एक चौथाई पनि हुन सकेको देखिदैन । विवरण उपलब्ध भएका पालिकाहरुमध्ये सबैभन्दा धेरै खर्च शहिद लखन गाउँपालिकाको देखिएको छ । सो पालिकाको पुँजीगत खर्च १६.०९ प्रतिशत रहेको छ । कुल १५ करोड १९ लाख पँजीगत बजेटमध्ये हालसम्म २ करोड ४४ लाख मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।

चालु तर्फको खर्च भने २०.६८ रहेको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको कुल ४८ करोड १९ लाख रकममध्ये ९ करोड ९६ लाख खर्च भएको छ । सबैभन्दा कम धार्चे गाउँपालिकाको ०.९२ प्रतिशत पुँजीगत खर्च रहेको छ । १७ करोड ७५ लाखमध्ये हालसम्म १६ लाख ४७ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । चालुतर्फको खर्च प्रतिशत भने २१.७४ रहेको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको ३२ करोड ४ लाखमध्ये ६ करोड ९६ लाख खर्च भइसकेको छ ।

भीमसेन थापाको पुँजीगत खर्च ७.१३ प्रतिशत रहेको छ । पुँजीगतपर्फको १७ करोड १४ लाख बजेटमध्ये १ करोड २२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । चालुतर्फ भने २४.७९ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिए । उनका अनुसार यो बर्ष चालु तर्फ ४२ करोड ४६ लाख रकम विनियोजन भएको छ । बारपाक सुलिकोटले ३.७९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।

यस बर्षको पँजीगत बजेटमध्ये ५८ लाख २० लाख मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । चालु तर्फको खर्च भने २४.५९ प्रतिशत रहेको उनले जानकारी दिए । पालुङटार नगरपालिकाको पँजीगततर्फको खर्च ३.५२ प्रतिशत रहेको छ । २७ करोड ९८ लाख ४० हजार बजेटमध्ये हालसम्म ९८ लाख ५४ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । चालुतर्फ भने २३ प्रतिशत खर्च भएको उनले जानकारी दिए । उनका अनुसार चालु तर्फको कुल रकम ५९ करोड ८ लाख ९० हजार रहेको छ । जसमध्ये १३ करोड ५८ लाख खर्च भइसकेको छ ।

गोरखा नगरपालिकाको हालसम्म पुँजीगत तर्फ २.७५ र चालुतर्फ २३.६७ प्रतिशत रकम खर्च भएको छ । चुमनुव्री गाउँपालिकाको पनि पुँजीगत खर्च २.७ रहेको छ । चालु आव पालिकाको पुँजीगत तर्फको बजेट १५ करोड ७० लाख रहेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

जसमध्ये हालसम्म ४२ लाख ११ हजार खर्च भएको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको खर्च भने १४.७५ प्रतिशत रहेको रहेको छ । चालु तर्फ यो बर्ष २४ करोड ९६ लाख रकम विनियोजन भएकोमा हालसम्म ३ करोड ६८ लाख खर्च भएको लामिछानेले बताए । आरुघाट गाउँपालिकाको हालसम्मको पुँजीगत खर्च १.९४ प्रतिशत रहेको छ ।

‘पुँजीगततर्फ यो बर्ष १७ करोड ३२ लाख रकम छ,’ प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने, ‘हालसम्म ३३ लाख ५१ हजार खर्च भएको छ ।’ चालुतर्फको खर्च भने २३.८६ प्रतिशत रहेको उनले बताए ।

चालुतर्फको ४२ करोड ६५ लाख रकममध्ये १० करोड १७ लाख खर्च भएको उनले जानकारी दिए । सिरानचोक, गण्डकी र अजीरकोट गाउँपालिकाबाट भने तथ्यांक प्राप्त हुन सकेन ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २१:३३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology