Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

यहि पुस १३ गते पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता हुने

यहि पुस १३ गते पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

११, पौष २०८१
यहि पुस १३ गते पोखरामा ल्होछार शुभकामना दौड प्रतियोगिता हुने
images

पोखरा, ११ पुस । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते ल्होछार शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ।

तमु धिं नेपालद्वारा आयोजित तिनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन पुसको १३ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमातमु धिं नेपालले पोखरामा पुस १३ देखि १५ गतेसम्म ल्होछार मनाउने पोखरा, ९ पुस तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले विविध कार्यक्रम गरी आउदै गरेको सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार भव्यताका साथ मनाउने भएको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय कार्यालयमा शुक्रवार सम्पन्न तमु समाजहरुसहितको बृहत बैठकले पुसको १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरी तमु ल्होछार मनाउने तयारीमा जुटेको हो।

मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा पुस १३ गते पोखरामा बिहान ल्होछार शुभकामना सडक दौड प्रतियोगिता तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा आयोजना गर्ने निर्णय गरिएको हो।सडक दौडमा १० किमी खुल्ला र अन्तर तमु समाज टिम इभेन्ट साथै ५ किमी दुरीको दौड महिला, भेट्रान्स र रन फर फन लगायतको दौड हुने भएको हो।

मुह्री ल्हो(गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा आयोजित दौड प्रतियोगिताको १० किमी खुल्लातर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३ हजार, अन्तरसमाज टिम इभेन्ट बिजेताले २० हजार र रनिङ शिल्ड, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयासहित पुरस्कृत हुने संयोजक चोकबहादुर गुरुङले जानकारी दिनुभयो।

यसरी नै ५ किमी महिला र भेट्रान्स इभेन्टसतर्फ प्रथमले ७/७ हजार, दोस्रोले ५/५ हजार, तेस्रोले ३/३ हजार र सान्त्वनाले २/२ हजार रुपैयासहित पुरस्कार प्राप्त हुने संयोजक गुरुङले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - २२:३३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology