Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सौराहामा हात्ती महोत्सव : आज हात्ती सुन्दरी प्रतियोगिता हुने

सौराहामा हात्ती महोत्सव : आज हात्ती सुन्दरी प्रतियोगिता हुने

इच्छाकामना न्युज

१२, पौष २०८१
सौराहामा हात्ती महोत्सव : आज हात्ती सुन्दरी प्रतियोगिता हुने

चितवन । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको पिकनिक कार्यक्रम छ ।

images

सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आउँदो सोमबारसम्म महोत्सव सञ्चालन हुनेछ । हिजो महोत्सवको उदघाटनअघि सिङ्गारिएका हात्तीको लस्करसहित आदिवासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।

हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र साङ्गीतिक कार्यक्रमहरू हुने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

इस्वी संवतको नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरु भएको हो । हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:२७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology