आँबुखैरेनी, १२ पौंष । लायन्स क्लब अफ आँबुखैरेनी अकलाले बिहीबार चेपाङ्ग जातीका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–५, खोलागाउँ स्थित सयपत्री प्राथमिक विद्यालयमा अध्ययन गर्ने चेपाङ्ग जातीका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको हो ।
न्यानो कपडा अन्तर्गत न्यनो स्वीटर, टोपी, चप्पल, ट्राउजर तथा शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम लगायतका सामाग्री वितरण गरिएको लायन्स क्लब अफ आँबुखैरेनी अकलाका संस्थापक अध्यक्ष तुलसी पौडेल खनालले जानकारी दिए ।
सो न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण कार्यक्रममा संस्थापक अध्यक्ष तुलसीमाया खनाल, वर्तमान अध्यक्ष शुभलक्ष्मी श्रेष्ठ, निबर्तमान अध्यक्ष एबम डिस्टिक अफिसर लायन पबिता गुरुङ, उपाध्यक्ष सविता थापा मगर, द्धितीय उपाध्यक्ष संगिता श्रेष्ठ, तृतीय उपाध्यक्ष बिमला श्रेष्ठ, सचिव देवी देवकोटा, सह–सचिव कुमारी गुरुङ्ग, सदस्यहरु सुमित्रा देवकोटा, सुनिला न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।