Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सिम्जुङ-महाभीर-घ्याच्चोक सडक कालोपत्रे हुँदै

सिम्जुङ-महाभीर-घ्याच्चोक सडक कालोपत्रे हुँदै

images

इच्छाकामना न्युज

१२, पौष २०८१
सिम्जुङ-महाभीर-घ्याच्चोक सडक कालोपत्रे हुँदै
images

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर र बारपाक सुलीकोट गाउँपालिका–३ जोड्ने मुख्य सडक झण्डै १५ वर्षपछि कालोपत्रे हुने भएको छ ।

दई पालिका जोड्ने मुख्य सडक भएकाले अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका विशेष पहलामा झण्डै ७.३० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।

वि.स २०६६ सालमा तत्कालिन सिम्जुङ गाउँ विकास समितिले ट्रयाक मार्ग खुलाए पनि १५ वर्षपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत कालोपत्रे गर्न लागेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।

सडक कालोपत्रे हुने भएपछि दुई गाउँपालिकाका स्थानीयहरु सहजै बिना सास्ती एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा पुग्न एक घण्टाबाट घटेर २० मिनेटमा पुग्न सकिने भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको भनाइ छ । सडक कालोपत्रे योजनाका लागि एमएस कर्न नवकान्तिपुर जेभी कम्पनीसँग २०८० साल असार २० गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।

२०८२ साल असार १९ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे समय सीमा भित्र रहेर काम सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पुर्‍याएको उहाँको भनाइ छ । विषेशगरी अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकासम्म सहजै आवतजावत गर्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपुर्ण यात्रा गर्दै आएकोमा सडक कालोपत्रे हुने भएपछि दुईपालिकाका स्थानीयहरू खुसी भएका छन् ।

गोरखाको पर्यटकिय गन्त्वयको रूपमा विकास हुँदै गएको अजिरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको उक्त सडक कालोपत्रे सम्पन्न भएपछि पर्यटकहरूलाई थोरै समयमा पनि दुई पालिकाका पर्यटकिय स्थल अवलोकन गर्न सकिने अजिरकोट गाउँपालिकाले जनाएको छ ।

साथै उक्त सडकले दुई पालिकालाई व्यापारीक फाइदा पुग्ने भएकाले पनि यस सडकको निकै महत्त्व छ । पूर्वाधार कार्यालय गोरखाको ३६ करोड ४७ लाख ७९ हजार ९ सय ३१ रुपियाँमा पूर्वाधार कार्यालय र एमएस कर्न नवकान्तिपुर जेभीसँग ७.३० किलोमिटर सडक कालोपत्रे र एक ठाउँमा पक्की नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ ।

बाटोको ७ मिटर चौडाई र सबग्रेड सब बेस, बेस फाइनल भएकाले समय सीमाभन्दा ३ महिना अघि नै २०८१ सालको चैत सम्ममा कालोपत्रे सम्पन्न हुने विश्वास लिएको पुर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १७:०१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology