Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पत्रकार महासङ्घ तनहुँले सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने

पत्रकार महासङ्घ तनहुँले सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने

images

इच्छाकामना न्युज

१२, पौष २०८१
पत्रकार महासङ्घ तनहुँले सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने
images

दमौली, १२ पुस । नेपाल पत्रकार महासङ्घ तनहुँले शाखाका सदस्यहरुको पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ ।

मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित समितिको शुक्रबार पदस्थापन पश्चात् बसेको पहिलो बैठकले शाखाका सम्पूर्ण सदस्यहरुको तीन वर्षका लागि पारिवारिक स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।

बैठकले महासङ्घको सल्लाहकारमा अध्यक्षका निकटम प्रतिस्पर्धी नारायण खड्का, निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल र पूर्व अध्यक्ष ओमकार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

बैठकले पत्रकार महासङ्घमा सञ्चारकेन्द्र स्थापना र अतिथिगृह निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने निवर्तमान कार्यसमिति, निर्वाचन प्रबन्ध समिति, सुरक्षा निकाय लगायत सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै महासङ्घको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएकामा शाखाका सदस्य सोनी शर्मालाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।

बैठकमा शाखाका अध्यक्ष डिपी अधिकारीले महासङ्घको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २०:५८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology