Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

देवघाट गाउँपालिकाद्वारा विपन्न दलित,बोटे,चेपाङ र बराम समुदायलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण सुरु

देवघाट गाउँपालिकाद्वारा विपन्न दलित,बोटे,चेपाङ र बराम समुदायलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण सुरु

images

इच्छाकामना न्युज

१२, पौष २०८१
देवघाट गाउँपालिकाद्वारा विपन्न दलित,बोटे,चेपाङ र बराम समुदायलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण सुरु
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित बसन्तपुर टोलमा आज एक कार्यक्रमको आयोजना गरि दलितवर्गहरुलाई देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्नु भएको छ।

गाउँपालिकाभित्र रहेका दलित,बोटे,चेपाङ र बराम समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको हो।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/२०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम मार्फत आवश्याक बजेट विनियोजन गरी पालिकाभित्रका सम्पूर्ण दलित,बोटे,चेपाङ र बराम विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित,बोटे,चेपाङ र बराम घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पु–याउन पालिकाले हालसम्म ५ नम्बर वडामा मात्रै करिब ५ सय जनालाई निःशुल्क स्वास्थ्य बिमा गरि सकेको छ भने अन्य वडाहरुमा पनि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अगाडी बढिरहेको उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २१:०८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology