Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रोट¥याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखाका दिनेश सिंह बोगटीलाई

रोट¥याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखाका दिनेश सिंह बोगटीलाई

images

इच्छाकामना न्युज

१३, पौष २०८१
रोट¥याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि गोरखाका दिनेश सिंह बोगटीलाई
images

दमौली । रोट¥याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व.रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औ स्व.रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेश सिंह बोगटीले जितेका छन ।

तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन् ।

प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दुरी पुरा गरी द्वितीय र तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दुरी पुरा गरी तृतीय भएका छन् । त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम र ४५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावक तर्फ प्रथम भएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार ५ सय, द्वितीय हुनेलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा १ सय ११ जना धावकको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि केहि वर्ष यता दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष अधिकारीले जानकारी दिए ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागिय धावकलाई सहभागि नगराईएको अध्यक्ष अधिकारीले बताए ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रमको उद्घाटन व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए । उनले थपे ’व्यास नगरपालिकाले पनि दौडलाई महत्व दिएर सहिद दिवस र नारी दिवसमा कार्यक्रम गर्दै आइरहेको छौं ।’

यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि छाब्दी बाराही विकास कोषका अध्यक्ष थान बहादुर थापा रहेका थिए । सो अवसरमा अध्यक्ष थापाले रोट¥याक्टको दौडले छाब्दीको प्रचारमा सहयोग पुगेको बताए । क्लवको संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लवले हरेक वर्ष देशव्यापी रक्तदान संगै दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:१३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology