Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जाडो मौसम लागे सँगै मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्नेहरुको भिड

जाडो मौसम लागे सँगै मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्नेहरुको भिड

इच्छाकामना न्युज

१३, पौष २०८१
जाडो मौसम लागे सँगै मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकन गर्नेहरुको भिड

तनहुँ ।  जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।

images
डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै उक्त ठाउँ देखि धौलागिरि, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता थुप्रै हिमशृङ्खला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिङ, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।
 
पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर। उनीसँगको प्रेमलीला अरूले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पत्ति गरेको कथन छ भने मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको हो पनि भन्ने गरिन्छ ।

काठमाडौँदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट  १० किलोमिटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ। गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्री ले भने दमौली देखि करिब १ घण्टा हिँड्नु पर्छ। विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी  पर्यटक पुग्ने गरेको होटेल सञ्चालकहरू बताउँछन्।

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस गाउँठाउँ छाडेका थिए। अहिले पनि खानेपानीको भने दु:ख नै छ । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहाँ बस्न र खान को लागि प्रशस्त होटेल खाजा घर समेत खुली सकेका छन् ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:२८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology