Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भानु जन्मस्थलको वृहत्तर विकासका लागि पहल गरिने

भानु जन्मस्थलको वृहत्तर विकासका लागि पहल गरिने

images

इच्छाकामना न्युज

१३, पौष २०८१
भानु जन्मस्थलको वृहत्तर विकासका लागि पहल गरिने
images

भानु । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानु जन्मस्थल बिकास समितिको प्रथम बैठक सम्पन्न  भएको छ ।

बिकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विकास समितिले गरेका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल भएको थियो ।


बैठकमा गण्डकी प्रदेश साँसद अशोक कुमार  श्रेष्ठ, जिल्ला समन्वय समितिका उप(प्रमुख बासुदेव थापा, भानु नगरपालिकाका नगर प्रमुख एवं निर्देशक समितिका संयोजक आनन्दराज त्रिपाठी, वडा नं ४ का वडा अध्यक्ष अर्जुन बहादुर अधिकारी , वडा नं ५ का वडा अध्यक्ष नहकुल अधिकारी, वडा नं ६ का वडा अध्यक्ष धिरेश खनाल, वडा नं ३ का वडा अध्यक्ष तुल बहादुर गुरुङ लगाएत समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

बैठकले भानुमा साहित्यीक गतिविधिलाई प्राथमिता दिने निर्णय गरिएको आदिकवि जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक कृपाहरि लौडारीले जानकारी दिनुभयो । साथै बैठकले जन्मस्थलको वृहत्तर विकासका लागि पनि पहल गर्ने लगाएतका निर्णय गरिएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:३९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology