Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मनाङमा अत्यधिक चिसो बढ्दै, फोहरमैला व्यवस्थापन गर्न कठिन

मनाङमा अत्यधिक चिसो बढ्दै, फोहरमैला व्यवस्थापन गर्न कठिन

images

इच्छाकामना न्युज

१४, पौष २०८१
मनाङमा अत्यधिक चिसो बढ्दै, फोहरमैला व्यवस्थापन गर्न कठिन
images

मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ ।

सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ । अत्याधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर संकलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिए ।

उनका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले संकलन रोकिएको हो । “अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ”, उनले भने, “साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।”

अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैंकले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दैआएका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताए ।

उनका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैंक सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ ।

चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामेलगायतका स्थानीय बाहिर जाने क्रममा रहेका प्रजिअ आचार्यले बताए । यसरी स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उनले बताए ।

स्थानीय बेँसी झरे पनि सुरक्षा निकाय, स्वास्थ्य तथा विषयगत कार्यालयका कर्मचारीले सेवा प्रवाह गर्दैआएका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । उनले भने, “स्थानीयको यहाँ बसोबास नभएको बेलामा सुरक्षा दिने हाम्रो जिम्मेवारी हो । त्यसैले यस अवधिमा अपनाउनुपर्ने सुरक्षाका लागि नै खटिएका छौँ ।” अध्यधिक चिसोका कारण खोला, नदी तथा धारामा पानी जमेको छ ।

चिसोले पिउने पानीकै समस्या छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार अधिकांश स्थानीय बेँसी झरिसकेका पनि यहाँ रहेका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरिएको छ । जिल्ला अस्पतालका प्रमुख डा दिवाकर कोइरालाका अनुसार जाडोयाममा स्थानीयलाई सेवा प्रवाहमा सहज बनाउने प्रयासमा जुटिरहेको बताए ।

स्थानीयवासी मङ्सिरदेखि फागुनसम्म अन्यत्र बसाइँ सर्ने गरेका छन् । यस अवधिमा चिसोका कारण यहाँ विकास निर्माणको काम ठप्प रहन्छ ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ०९:०४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology