Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

१४, पौष २०८१
मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न
images
आँबुखैरेनी, १४ पौंष । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३, आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संहकारीको आफ्नै भवनमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न गरेको हो ।
 
471629336_1647374366132357_9051537295955147126_n.jpg
 
सहकारीले १८ औँ वार्षिक साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा पिछडिएको वर्गबाट ४ जनालाई छात्रवृत्ति उपलब्ध गराएको छ । प्रतिविद्यार्थी २५ सयको दरले अन्नपूर्ण आधारभूत विद्यालय कक्षा ५ मा अध्ययन गर्ने कृष्णा गुरुङ्ग, कक्षा ४ मा अध्ययन गर्ने सुजन गुरुङ्ग र छिम्केश्वरी मावि कक्षा ५ मा अध्ययन गर्ने रिदम सोमै, कक्षा १० मा अध्ययन गर्ने साङमाया आले गरि ४ जना विद्यार्थीलाई १० हजार उपलब्ध गराएको सहकारीका प्रबन्धक नारायण तिमिल्सिनाले बताए ।
एउटा विद्यालयको एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको उनले जानकारी दिए ।
 
471856707_1647374602799000_5061420096384307490_n.jpg
 
त्यस्तै, सहकारीका सदस्यका परिवारभित्रका एसईईमा उत्कृष्ट अंक प्राप्त गर्न सफल पयुत्र श्रेष्ठलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको सहकारीले जनाएको छ ।
 
471820526_1647371452799315_34238451683097191_n.jpg
 
यसैगरी, सहकारीले १० जना उत्कृष्ट कारोबार कर्तालाई सम्मान गरेको छ । उत्कृष्ट कारोबार कर्ता पुरन मास्कीमगर, तारा बहादुर गौतम, जिया गुरुङ्ग, सिभाङ्ग श्रेष्ठ, दिप्सन गुरुङ्ग, रिना तमाङ्ग, बन्दना थापा क्षेत्री, फुलमाया गुरुङ्ग, पूर्णकुमारी श्रेष्ठ, रजनी श्रेष्ठलाई सम्मान गरेको सहकारीले जनाएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्लले सहकारीको वार्षिक प्रतिवेदन र संस्थाका सचिव उपेन्द्र देवकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए । सहकारीको कूल शेयर पुँजी ५ करोड २७ लाख ८ हजार सातसय रुपैयाँ र बचत निक्षेप रकम ४४ करोड ७३ लाख, ५२ हजार ९ सय १ पैसा र ३५ करोड ९१ लाख १ हजार ९ सय ३५ ऋण लगानी रहेको अध्यक्ष भगवानदास मल्लले जनाकारी दिए ।
 
471692985_1647374739465653_5054697626474922328_n.jpg
 
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल सहकारीका अध्यक्ष भगवानदास मल्ल, संस्थापक अध्यक्ष विपिन्न मल्ल, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिप अधिकारी, मनकामना माई बचत तथा ऋण सहकारी संस्था मनकामनाका अध्यक्ष मनोज जोशी, आँबुखैरेनी क्याम्पसका अध्यक्ष ऋषि के.सी. सहकारीका उपाध्यक्ष तुलानारायण श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २१:४९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology