Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

२५० रुपैयाँ जरिवाना भुक्तान नगरि फरार दरै पक्राउ

२५० रुपैयाँ जरिवाना भुक्तान नगरि फरार दरै पक्राउ

images

इच्छाकामना न्युज

१४, पौष २०८१
२५० रुपैयाँ जरिवाना भुक्तान नगरि फरार दरै पक्राउ
images

दमौली। जिल्ला अदालतबाट तोकिएको २५० रुपैयाँ जरिवाना भुक्तान नगरिकन हालसम्म फरार रहेका व्यास नपा १० फराकचौरका ५४ वर्षका टिकाबहादुर दरैलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतबाट गत २०७२ बैशाख ३० गतेको फैसलाले जालसाजी मुद्धामा दरैलाई २५० रुपैयाँ जरिवाना तोकिएकोमा दरै उक्त जरिवाना भुक्तान नगरि हालसम्म फरार रहेका थिउ ।

उनलाई खोजतलास गर्ने क्रममा आइतबार आफ्नै घर ठेगानामा पक्राउ गरि सजाय भुक्तानकोलागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २२:१२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology